विदेश ( फ्रान्स-पेरिस ) मा बसेर नेपालीलाई नै शोषण गर्ने बदनाम समूह

 युरोप छिर्ने असहाय नेपाली महिलाहरूमाथि केही नेपाली शरणार्थी समूहबाट भइरहेको योजनाबद्ध शोषणको नालीबेली।

फ्रान्समा केहि बर्ष अगाडि छिरेर असाइलम एप्लाई गरेर रिफ्युजी कार्ड पाएर बसोबास गरिरहेका महिला र पुरुष गरि ५ –६ नेपालीहरुको एउटा समूह छ। यो समुहले क्रोएसिया, रोमानिया र अस्ट्रिया लगायतका देशमा सिजनल भिसामा पुगेका विशेषगरी एकल, डिभोर्स भएका वा बिपन्न (ऋन खोजेर बिदेश गयेकोहरु) र पहुच नभएका वा पेरिसमा चिनजान नभएका नेपाली महिलाहरूलाइ पेरिस बोलाउने र सहयोग गर्ने बहानामा उनीहरुलाई इल्लिगल बनाइदिने र आफुले भनेको मान्न बाध्य बनाउने गर्ने गर्छन।

पेरिशमा मानिसलाइ समुहमा मिलेर ठग्ने समुह

उक्त समुहको पुरुषहरुले विभिन्न धेरै सोसल मिडिया एकाउण्ट बनाएर मेसेजबाट मात्र सम्पर्क गर्ने रहेछन । महिलाले अनलाइन टिकटक लाइभ मार्फत असाइलम गर्ने येसरी भनेर टिक्टकमा लाइभमा प्रचार गर्ने पनि गरेको छन्। नेपालबाट बल्लबल्ल सिजनल भिसामा युरोप प्रवेश गरेका नेपाली नारीहरुलाई “बस्ने व्यवस्था मिलाइदिने”, “असाइलम प्रक्रिया गराइदिने” आदि भनेर अनलाइनमार्फत प्रभावमा पार्ने (manipulate) गर्ने गरेका छन्।


अनलाइन टिकटक लाइभ मार्फत असाइलम गर्ने येसरी भनेर टिक्टकमा लाइभमा प्रचार ।

त्यो समुहले युरोप को शेंगेन देशबाट पेरिस बोलाउन भन्ने कुराहरु :

• येहा पेरिसमा रिफ्युजी कार्ड कसरि बनाउने तरिका हामीलाई (हाम्रो टिमलाई) सबै थाहा छ, हामीले पनि असाइलम गरेर कार्ड पाई सक्यौ । असाइलम प्रक्रियामा हामी सबै सिकाइदिञ्छु र सबै सहयोग गर्दिन्छु, उता छोडेर यता आउ। यहाँ पेरिसमा बस्ने–खाने व्यवस्था गर्दिन्छु, काम खोज्न सहयोग गर्छु र असाइलम अप्लाई गर्न मद्दत गर्छु।

• फ्रान्समा कागज बनाउन सजिलो छ, हाम्रो येहा वकिल देखि संग संस्था संग राम्रो चिनजान छ र येहा हाम्रो फेक डकुमेन्ट बनाउने च्यानल पनि छ र यहाँबाट असाइलम प्रक्रिया गर्न सजिलो हुन्छ ।

• पेरिसमा नाम चलेको नेपाली संस्था हाम्रो आफन्तले खोलेको हो, हाम्रो आफन्तको पेरिसमा राम्रो पहुच छ । विभिन्न कार्यक्रममा हामि संग्लग्न छौ, नपत्याए हाम्रो हरुको सोसल मिडिया हेर्दा हुन्।

येस्तै कुराहरु भनेर र विभिन्न व्यक्ति र कार्यक्रम को फोटो हरु देखाएर मान्छेलाई प्रभाब देखाएर बिस्वस्त गर्ने र त्यो उक्त देश छोडेर पेरिस बोलाउन प्रोत्साहन गरि मानिसलाई ठग्ने एउटा समूह फ्रान्समा निकै सक्रिय रहेको छ ।


असाइलम प्रक्रियामा हामीले सहयोग गर्छु भनेर स्वार्थ लुट्ने ।

उनीहरुको कुरा बिस्वस्थ भएर कुरा मान्न राजि भए पछि त्यो टीममा भएका पुरुषले ८००-९०० यूरो दिए ट्याक्सीमार्फत यहाँ ल्याइदिन्छु भनेर पैसा खोज्न लगाईन्छ। जब उनीहरू पेरिस पुग्छन्, पेरिस बोलाइसके पछि उनीहरुले आफ्नो समुहको महिलाहरु बस्ने स्टुडियो / एपार्टमेन्ट मा खालि रहेको सेयर रुममा राखेर सहयोग गरेको जस्तो गर्ने तथा कुनै रेष्टुरेन्ट वा पार्लरमा २-४ महिना काम सिक तेस्पछि पैसामा काम लगाइदिञ्छु भनेर राख्ने रैछन। यसै समूह मध्ये महिलाको समुहले एपार्टमेन्ट भाडामा लिएर बस्ने रैछन जहा पेरिस बोलाएका महिलाहरुलाई तेही राखेर आश्रय दिए जस्तो गर्ने र धर्म बहिनि जस्तो बनाएर परिवारकै सदस्य जस्तो बनाएर राखेको भनेर सामाजिक संजालमा देखायिन्छ। सामाजिक संजालमा मन्दिर गएको, पुजा गरेको, चाड पर्व मनाएर पारिवारिक बातावरणमा राखेको जस्तो देखाउने रैछन । उनीहरु एउतै समूह भए पनि महिला र पुरुषको सगै भएको कहिल्यै फोटो हाल्दैनन। पेरिसमा शंका हुन्च्छ भनेर यो समुहको महिलाहरु र पुरुष छुट्टै छुट्टै बस्ने र कामको बेलामा मात्र भेट हुने गर्दछन । उनीहरुले सामाजिक संजालमा महिलाहरुको मात्र स्टोरी राख्ने, र महिलाहरुसंग बसेको जस्तो देखाउने गर्छन ।

सामाजिक संजालमा मन्दिर गएको, पुजा गरेको जस्ता फोटो हालेर देखाउने ।

पहिला भैराखेको देशबाट यो समुहले फ्रान्स बोलाएर इल्लिगल (illegal) बनाइदिने, तेस्पछि तेस्पछि येही समुहमा रहेको केटाहरुले चाहि “हामीले यहा कोठा खोजेर राखेको, वोलुण्टॆर (Volunteer) काम लगाइदेको, असाइलम प्रोसेस गर्देको र सहयोग गरे बापत येति रकम दिन पर्छ र तेती मात्र होइन मैले भनेको समयमा मेरो रुममा उपस्थित हुन पर्छ” भनेर बाहिर आवरणमा सहयोग गरेको जस्तो गरेर बदलामा पैसा र यौन सम्बन्धको माग गर्ने गर्छन् ।

महिला सहकर्मीले पुरुष सहकर्मीलाई व्यभिचारका लागि अप्रत्यक्ष रूपमा सहयोग तथा समर्थन गर्ने।


लगायत “हाम्रो कुरा नमाने घर फर्किनुपर्छ, अब तिमि इल्लिगल भइसक्यौ, न तिमि पहिला छोडेर आएको देशमा न फर्कन मिल्छ, अनि कम्प्लेन गर्दियो भने येहा बाट त नेपाल डिपोर्ट हुन्छ, बरु म संग सम्बन्ध राख्दा कसैले थाहा पाउने त होइन” भनेर प्रस्ताब गर्ने रैछ। “नमानेमा डिपोर्ट गराइदिन्छु, मेरो बाजे/अंकल यहाँ पुरानो संस्थाको ठूलो मान्छे हो, म वकिल चिन्छु” जस्ता कुरा गरेर परिबंधमा पार्दिने हर्कत गर्ने रैछन। र उक्त कार्यमा समुहको महिलाहरुले पनि नैतिक समर्थन गर्नुका साथै उल्टो साथ दिने रैछन। असाइलम प्रोशेसको बहानामा नया इमेल, व्हाट्स एप बनाउन लगाउने र रिकोभरिमा आफ्नो आइडी राखेर कसैलाई केहि खबर गर्छ कि भनेर सोसल मिडिया सबै मेसेज आफ्नो कन्ट्रोल मा Monitoring गर्ने गर्छन् ।

सहयोग गरे बापत नेपाल बाट पैसा मगाउन लगाउने ।

आफैले बोलाउने, आफैले सहयोग गरेको नाटक गर्ने, तर पछि पैसा र यौन सम्बन्धमार्फत त्यो “गुण” तिर्न दबाब दिने रैछन । यसरी उठाइएको पैसाबाट कोठा भाडा, खानपान तथा व्यक्तिगत खर्च चलाउने लगायत महँगो रेस्तुरेन्टमा जाने, पेरिस घुम्ने, कार्यक्रमहरुमा खर्च गर्ने रैछ। यही तरिकाले पेरिसमा जीविको आपन चलाइने गरेका रहेछन । यदि उक्त महिलालाइ पनि येहा पेरिसमा चल्ने भए आफु जस्तै अरु साथि छ भने बोलाउ भनेर उसकै माध्याम बाट पनि अरुहरु खोज्न लगाउने पनि रैछन । सामान र पैसा मगाउन लागाएर आफ्नो नाममा कुरियर गर्न लगाउने लगायत — “बॉयफ्रेन्डसँग पैसा मगाउ, घरबाट पनि पैसा ल्याउ, तिम्रो येहा सम्बन्ध राखेपनि हामीले भन्दैनौ कसैलाई, नेपालमा थाहा पाउदैन हामि छौ नि”, भनेर महिलाहरुले नै प्रोत्साहन गर्ने रहेछन ।

नेपाल बाट सामानहरु सबै आफ्नो नाममा मगाउन लगाउने ।

जब पैसा आउछ अनि सबै समुहको चहल पहल सुरु हुन्छ। हाउस पार्टी , फेमिली डिनर र घुमघाम हुन्छ। सबै सगै घुमफिर गरेता पनि महिला र पुरुषको टीमको फोटो सगै कहिल्यै पनि पोस्ट हुदैन सामाजिक संजालमा। यो टिममा (PARTNER IN CRIME ) भएका महिलाको पनि आचरण आफ्नो समुहको पुरुष सहकर्मीलाइ महिला मिलाइदिने र पैसा असुल्ने नियत देखन्छ । उक्त समुहको महिलालाई पेरिश बोलाएको महिलाको जिवनसाथी नेपालमा छ भन्ने थाहा हुँदा हुँदै पनि आफ्नो समुहको पुरुषको ब्याभिचारी आचरणलाई सहयोग गर्न अप्रत्यक्ष रुपमा सहयोग गर्ने गर्दछन ।


लुटेको पैसाले महँगो रेस्टुरेन्टमा गएर मोज गर्ने ।

महिलाहरुलाइ तेहा सारीरिक सम्पर्क राख्न लगाएको र उनीहरुको कर्तुत कहिँ कतैबाट नेपालमा उसको मान्छेलाई थाहा भएर बास्तबिक कुरा बुझ्न नेपाल बाट फोन आउछ, तब त्यो समुहमा कर्तुत लुकाउन नाटकीय गतिबिधि देखिन्छ उनीहरुको। “नेपाल जस्तो हो र बिदेशमा हामीलाई काम गर्दा फुर्सद छैन” भनेर सम्पर्कमा सके सम्म आउन नखोज्ने, “मलाइ थाहा छैन, अब को केटा हो चिन्दिन, खै को हो, हामीले चिनेको छैन, देखेको मात्रै हो भनेर” महिला टोलि उम्किन खोज्छिन । “हामि महिला र परिवार मात्र हो हामि बस्ने , बहिनि बनाएर राखेको, महिलाको इज्जतमा तेसै संका गर्ने, अब तेस्तो भए फोटो र प्रुफ छ सगै बसेको” भनेर तर्किन खोज्छन। उनीहरु सुरु बाटै यति सचेत हुन्छन कि केटाहरुलॆ सामाजिक संजालमा मेसेंजरको मात्र प्रयोग गर्छन र महिलाले पुरुष र महिला सगै भएको फोटोहरु कहिल्यै सगै हाल्दैनन । तेस्पछि आफुले गरेको कर्तुत तेहाको समाजमा कतै लिग हुन्छ र इज्जत जान्छ भनेर उक्त नारीलाई म्यानु पुलेट (Manupulate) गरेर उसकै मान्छे जसले लगानी गरेर सपना देखेर पठाएको छ उसलाई व्हाट्स एप र सामाजिक संजालमा ब्लक हान्न तथा इग्नोर गर्न लगाउने र सम्बन्ध टुटाउन लगाउने गरिन्छ । अझ उल्टो “पहिला भएको सम्बन्ध छोड, अब तिमी फ्रान्समै बस्ने हो। हामी अरु केटाहरू मिलाइदिन्छौं” भनेर यस समूहका महिला सदस्यहरूले प्रभावमा पार्न खोज्छन्।
आफन्त लगायत हरेक संग पैसा पठाउन लगाउने

अनि सामाजिक सञ्जालमा पूरा टिम मिलेर “हामि राम्रो मान्छे हौ, तेसै नदेखी आरोप लगाउने, नेपालमा कसरि थाहा हुन्छ र, तेत्तिकै अड्कल लगाउने” भनेर एकले अर्कोको गलत काम लुकाउने, वा “हामी एकअर्कालाई चिन्दैनौँ” भन्ने जस्तो नाटक गरेर वास्तविकता लुकाउने प्रयास हुन्छ। “नेपालबाट कसले देखेको हो र ?, प्रमाण के छ?” भन्दै उल्टै पीडितलाई नै दोष लगाउने र मिलेर दबाब दिने प्रवृत्ति पनि देखिएको छ। अझ उल्टो सामाजिक संजालमा उल्टो अर्थ जाने भावका स्टोरी हाल्ने र सबैलाई हाल्न लगाउने पनि गर्दछन। “असाइलम गरेपछि अब हामी युरोपियन नागरिक बराबर हौं”, “रिफ्युजी कार्ड नै रातो पासपोर्ट जस्तै हो” लगायत “फ्रान्समा हामीले सबै चिन्छौ, हाम्रो येहा पहुच छ, अब नेपाल आउनै परेपनि लुकेर जाने हो , कसैले थाहा त पाउदैन, नेपाल बाट भुक्दैमा हामीलाई के हुन्छ र” जस्ता अभिव्यक्ति दिने गर्दछन । अनि सम्पर्क गर्न खोज्नेकै फोन नउठाउने, नम्बर ब्लक गर्ने गर्दछन ।

नेपाल बाट सम्पर्क गर्दा उल्टो धम्कि दिने ।


के बिदेशमा भएका नेपाली हरुको पैसा कमाउने चक्करमा मानबता साच्चै मरेकै हो त ?

अमेरिकामा एक नेपाली चेलीको पाकिस्तानीसँग भएको घटनाले सामाजिक सञ्जाल निकै तातेको थियो। तर पेरिसमा नेपालीले नै नेपालीमाथि नेपालीले नै अरू नेपालीको नियत र ब्वहारले अरुको घर परिवार को सम्बन्ध बिगार्दिने गरेको त झन् नराम्रो कुरा हो।

बल्लबल्ल ऋण धन गरेर पैसा जुटाएर सिजनल भिसामा विदेश जाने धेरै नेपालीहरूको मुख्य सपना भनेको भविष्यमा “रातो पासपोर्ट” बनाउन सकिन्छ कि भन्ने आस हुन्छ । यसमा कसैले आफ्नो बुढि, गर्लफ्रेन, दिदि बहिनीलाई, छोरी चेली बेटीलाइ लगानी गरेर पठाएका हुन्छन । कतिले कार्ड पाएपछि फेमली रेयुनिफिकेसन ( reunification ) बाट केहि समय पछि आफु पनि जाने सपना देखेका हुन्छ। आफुले बिहे गर्ने मान्छेलाइ विदेश पठाएर २-४ पैसा कमाएर घर बसाल्ने सपना धेरैको हुन्छ । अनि आफ्नो मान्छे अरु कोइ संग सारीरिक सम्पर्क राखेको थाहा पाए पछि त्यो जस्तो दुक्ख को कुरा के नै हुन सक्छ र। नेपालबाट लोन लिएर सिजनल भिसामा गएका बल्ल बल्ल फ्रान्स पुगेर असाइलममा एप्लाई गर्न लगाइदियेपछि TRAP अर्थात परिबंध्हमा पार्दिने तेस्पछि न पहिलाको देश फर्कन सक्छ न नकमाई घर फर्कन नै। त्यो मानिसको बाध्यता र परिबन्धलाइ हतियार बनाएर पैसा कमाउने र व्यक्तिगत स्वार्थ पुरा गर्ने अवसरको रुपमा लिने यो समुहले गर्दछ ।


काम लगाइदिएको जस्तो गरेर भोलुण्टेर लगाइदिने ।

नेपालमा रोजगारीको अवसर सीमित हुँदा विदेशमा गएर कमाइ गर्ने आशा राखिन्छ। सक्ने र सम्पन्न घरको भए यस्तो रुट बाट बाहिर जाने चाहना सायदै कसैको हुन्थेन होला। विदेशमा गएका धेरै नेपालीहरू आफ्नो परिवारको राम्रो भविष्यका र गएको ऋण तिर्नको लागि संघर्ष गरिरहेका हुन्छन्। तर त्यही अरुको बाध्यतालाई अवसर बनाएर तर केही व्यक्तिहरूले आफ्नो स्वार्थ मेटाउन प्रयोग गरेर लोभ र भ्रम देखाई, सहयोगको नाममा आर्थिक, मानसिक तथा सामाजिक शोषण गर्ने प्रयास गर्नु र परिवार विखण्डन गर्ने नियत देखिनु अत्यन्त दुःखद र लाजमर्दो कुरा हो।


किनकि विदेशमा बसेका मानिसहरूले सबैलाई निःशुल्क सहयोग गर्छन् भन्ने पनि हुँदैन। जहाँ हरेक मिनेटको मूल्य हुन्छ, त्यहाँ केही शुल्क लिनु स्वाभाविक ठान्न सकिन्छ। तर सहयोग गरेजस्तो नाटक देखाएर तेस्को बदलामा निकै रकम माग्ने लगायत हरेक हप्ता वा बिदाको समयमा कोठामा बोलाएर सारीरिक सम्बन्ध राख्न लगाउने र नेपालबाट थाहा पाए सम्बन्ध नै छुटाउन दबाब दिने रहेछन ।

देशले लखेटेको भनेर देशलाई दोष लाएर असाइलम गर्ने नेपालीहरु रिफ्युजी कार्ड पाएपछि नेपालबाट गएका आफु जस्तै नेपालीलाई प्रयोग गर्ने र नेपालमा भएका नेपालीलाई हेपाहा पाराले जङ्गली व्यवहार गर्नुपर्ने नै हो र? नेपाल छाडेर बिदेशमा कार्ड पाएपछि स्वार्थि बनेर लाज घिन नमानि राष्ट्रवाद, स्वाभिमान , मानवता र आत्मीयता र नैतिकता पनि देशसँगै छोड्ने पर्ने हो र?

विदेशमा गएका अरु नेपालीका छोरी, चेली, बुहारी, गर्लफ्रेन्ड वा श्रीमतीलाई नेपाली संस्था, समाजले सहयोग गर्ला, नेपाली समुदाय सबै दाजुभाइ जस्तै हुन्छन् भन्ने सोच्नु पनि यस्तै केही व्यक्तिहरूको समुहले गर्दा व्यर्थ जस्तो लाग्छ। यस्तै केही व्यक्तिहरूले आफ्नो निच नियत र स्वार्थ को लागि अरुको पारिवारिक सम्बन्धहरू छुट्याइदिने, पैसा लुट्ने र अरूको बाध्यताबाट फाइदा उठाउने काम गरेर विदेशमा काम नगरी बाँच्ने उपाय बनाउने रैछ। उनीहरुको छोरी-चेली त्यो व्यक्ति को चपेटामा भबिस्यमा नपर्ला तर नेपालबाट पेरिस जाने जसको कोइ छैन ति सबै नेपाली छोरी–चेलीहरूमाथि यस्तो बिदेशमा यस्तो व्यवहार हुनु नेपाली समाजका लागि चिन्ताजनक विषय हो।

Note: The image used is AI-generated for illustrative purposes only.

 



Comments

Popular posts from this blog

के हो असाइलम र रेफ्युजी ?

असाइलम प्रक्रिया र रिफ्युजी कार्ड तर्फ किन नेपालीको आकर्षण

युरोप छिर्ने अवैध बाटो र फ्रान्समा ‘नक्कली शरणार्थी’ बन्ने प्रक्रिया :